सिटिजन लाईफ ईन्स्योरेन्सबाट इलामका सरोज सुब्बाले पाए ३५ लाख दावी रकम



काठमाडौं।सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले घातक रोग वापतको बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीका सिनियर एजेन्सि मेनेजर भेषराज भट्टराईको नेतृत्वमा विमित सरोज सुब्बालाई उहाँ उपचाररत अस्पताल सहिद धर्मधक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा पुगि  घातक रोग बापत पाउने रु ३५ लाखमा कर कट्टा गरि बाँकी ३३ लाख ८० हजार ४ सय १९ रुपयाँको चेक  बीमितलाई हस्तान्तरण गरेको हो ।

इलाम जिल्ला चुलाचुलि गाँउपालिका वडा नं ४ निवासि सरोज सुब्बाले आज भन्दा तीन बर्ष अगाडि अभिकर्ता थिर प्रसाद दाहालसँग सिटिजन लाईफ ईन्स्योरेन्समा रु ५० लाखको जीवन विमा गराएका थिए । जसमा रु ३५ लाखको घातक रोग रक्षावरणको सुविधा थियो । हाल आएर उनको दुबै मृगौला फेल भएका कारण उनलाई उक्त रकम हस्तानतरण गरिएको हो ।

कार्यक्रममा अस्पतालका शाखा अधिकृत हरिहर पोख्रेल, लेखा अधिकृत युवराज भट्टराई, कर्मचारि युनियनका उपाध्यक्ष पूर्ण कृष्ण तुच्छे, सचिव रामचन्द्र पौडेल, सिटिजन लाईफ ईन्स्योरेन्सका सिनियर एजेन्सि मेनेजर सुरेश बाबू जमरकट्टेल, सिटिजन लिडर संगिता कार्की, समाजसेवि किरण राई र विमित सुब्बाका परिवारको उपस्थिति रहेको थियो ।

सुब्बाले आफूलाई प्राणघातक रोग लागेर अस्पतालमा उपचार गरिरहेको बेला यसरी बेडमै चेक ल्याई दिएर प्राण रक्षा गर्दिएकोमा सिटिजन लाईफलाई धन्यवाद व्यक्त गर्नु भयो । सुरुमा आफुले जीवन विमाको महत्व नबुझेको, एजेन्टले बुझाउन खोज्दा आफू भागेको तर पटक पटकको आग्रह र अनुरोध पछि करले विमा गरेको थिएं तर आज आएर जीवन विमाको महत्व र फाईदा बुझे भन्दै अरुलाई पनि विमा गर्न सुझाव दिन्छु भन्नू भयो ।

सिनियर एजेन्सि मेनेजर सुरेश बाबू जमरकट्टेलले सिटिजन लाइफ इन्स्योरेन्सले कम्पनीको अतिरिक्त सुविधामार्फत एउटा मात्र रोगको नभई २० घातक रोगहरुको लागी बिना बिल नै ५० लाख सम्मको उपचार खर्च कम्पनीले दिने गरेको बताए ।

बीमित सरोज सुब्बाका नातेदार समाजसेवी किरण राईले बिना झन्झट सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीबाट प्राप्त रकमले उपचारमा आर्थीक सहयोग र हौसला प्राप्त भएको बताउँदै सिटिजन लाइफलाई धन्यवाद ज्ञापन गरे । साथै उनले सबैलाई समयमा नै बीमा गर्ने सल्लाह समेत दिए ।

कार्यक्रममा बोल्दै अस्पतालका शाखा अधिकृत हरिहर पोख्रेलले आर्थिक जोखिमको सुरक्षाको लागि जीवन बीमा अपरिहार्य रहेकोले आफ्नो क्षमता अनुसारको बीमा गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्