१० हजार ४ सय केजी प्याजसहितको गाडी नियन्त्रणमा



भैरहवा।सशस्त्र प्रहरीले प्याज र बोरा सिलाउने मेशिनसहितको गाडी नियन्त्रणमा लिएको छ ।

रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका–५ स्थित दोगरा ईलाकाबाट करीव ५ लाख ३० हजार रुपैयाँ बराबरको १० हजार ४ सय केजी प्याज र बोरा सिलाउने मेशिनसहितको गाडी आईतवार नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ।

भारतबाट अबैध रुपले नेपालमा भित्र्याइएको प्याज र मेशिन ग १ ख ९२२६ नम्बरको आईचर गाडीमा लोड गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको सामान र गाडी भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाईएको सशस्त्र प्रहरी बल रुपन्देहीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्