भोलि सार्बजनिक बिदा



काठमाडौं।सरकारले मंगलबार सार्बजनिक बिदा दिने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कतारका अमिरले भोलि वैशाख ११ गतेदेखि गर्ने नेपालको राजकीय भ्रमणकोअवसरमा मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

सरकारले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष पेश गर्ने निर्णय निर्णय पनि गरेको छ ।

सरकारकी प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माका अनुसार बैठकले विपद्बाट क्षति भएका तथा जोखिममा रहेका निजी आवास प्रबलीकरण, पुनर्स्थापना तथा पुनर्निर्माण गर्न तहको सहलगानी हुनसक्ने गरी विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावलीमा संशोधन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्