मरासिनीलाई अर्थको जिम्मेवारी
काठमाडौं।अर्थ मन्त्रालयको सचिवको जिम्मेवारी मधु मरासिनीले पाएका छन्।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको सचिवमा मरासिनीलाई सरुवा गर्ने निर्णय गरेको हो । यसअघि अर्थ मन्त्रालयको सचिव कृष्णहरि पुष्कर थिए ।
मरासिनीविरुद्ध पेमेन्ट गेटवे अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत १५ असोजमा विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेपछि निलम्बनमा परेका थिए ।
तर, विशेष अदालतले सफाइ दिएपछि मरासिनीको निलम्बन फुकुवा भएको थियो ।

