१५ सदस्यीय बन्यो मधेस प्रदेश मन्त्री परिषद



जनकपुर।मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रीपरिषद बिस्तार गरेका छन्।

मधेश सरकारमा नेकपा (माओवादी केन्द्र)बाट दुई, नेकपा (एकीकृत समाजवादी)बाट एक र नेकपा (एमाले)बाट एक जना थप गर्दै उनले बिहिवार मन्त्रीपरिषद बिस्तार गरेका हुन्।मुख्यमन्त्री यादवको सिफारिशमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले बिहीबार मन्त्री नियुक्त गरेकी हुन्।उनीहरूलाई बिहीबार नै पद तथा गोपनीयताको शपथ गराईएको छ।

माओवादीबाट संसदीय दलका नेता भरतप्रसाद साह विना विभागीय मन्त्री बनेका छन्। त्यस्तै, माओवादीकै युवराज भट्टराईले उधोग, वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेवारी पाएका छन्।

एकीकृत समाजवादीबाट बेची लुंगेली विना विभागीय मन्त्री बनेकी छन्। त्यस्तै, एमालेकी शारदा देवी थापालाई गृह, सञ्चार तथा कानून राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ।यससँगै मधेश सरकारका १५ सदस्यीय बनेको छ। वन तथा वातावरण र श्रम तथा यातायात मन्त्रालय मुख्यमन्त्री यादवसँगै छन्।

प्रतिक्रिया दिनुहोस्