लुम्बिनीमा एकदिन दोश्रो पटक मन्त्रिमण्डल बिस्तार, एकीकृत समाजवादीबाट मन्त्री थप



रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले एकैदिन दोस्रो पटक मन्त्रिमण्डल बिस्तार गरेका गरेका छन् । बिहीबार बिहान मन्त्रिमण्डल बिस्तार गरेर १० सदस्यीय बनाएका महराले दिउँसो पुन एक मन्त्री थपेका छन् ।

थपिएका मन्त्री एकीकृत समाजवादीबाट भगवती अधिकारी छन् । मुख्यमन्त्रीले यसअघि एमालेका चार र उन्मुक्तिका एक र माओवादीका एक मन्त्री थपेर मन्त्रिमण्डल बिस्तार गरेका उनले समाजवादीबाट एकजना थपेसँगै ११ सदस्यीय बनेको छ । बिहीबार नियुक्त भएका सातजना नै विना विभागीय हुन्

विस्तारित मन्त्रिमण्डलमा एमालेका चेत नारायण आचार्य आर्थिक मामिला तथा योजना मन्त्रालय, माओवादीका दीपेन्द्र पुन स्वास्थ्य र भण्डारीलाल अहिरले कृषि मन्त्रालयको जिम्मेवारी पाएका छन् ।बाँकी ६ जना दिनेश पन्थी, खड्ग बस्नेत, धर्मबहादुर चौधरी, अर्जुन कुमार केसी, भुमिश्वर ढकाल, र रत्नबहादुर खत्रीले विना विभागीय मन्त्रीका रूपमा शपथ लिने भएका छन् । उनीहरूको बिहीबार साँझ ५ बजे शपथको तयारी भएको प्रदेश प्रमुख कार्यालय स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्