फाप्लु अस्पतालमा उपचाररत बिरामीलाई नेबिसंघद्वारा फलफूल बितरण



सोलुखुम्बु ।नेपाल विद्यार्थी संघ सोलुखुम्बुले जिल्ला अस्पताल फाप्लुमा उपचाररत बिरामीहरुलाई फलफूल बितरण गरेको छ।

नेबिसंघको ५५ औं स्थापना दिवसका अवसरमा बुधबार बिरामीलाई फलफूल बितरण गरिएको जिल्ला कार्यसमिति सोलुखुम्बुका सचिब बिभूषण राईले जानकारी दिए।

सो अवसरमा नेबिसंघ सोलुखुम्बु जिल्ला अध्यक्ष नवीन बस्नेत लगायतको उपस्थिति रहेको थियो।स्थापना दिवस तीन दिनसम्म मनाउने निर्णय गरेको नेविसंघले ६ गते दीप प्रज् एबम भेटघाट तथा ७ गते चियापान तथा शैक्षिक अन्तरक्रिया आयोजना गर्ने कार्यक्रम तय गरिएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्