सुदूरपश्चिम प्रदेश सरकार गठनका लागि दाबी पेस गर्ने आज अन्तिम दिन
काठमाडौं।नागरिक उन्मुक्ति पार्टीभित्रको आन्तरिक किचलोले सरकार गठनमा ढिलाइ भइरहेका बेला सत्ता गठबन्धनका दलहरूले सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीलाई मुख्यमन्त्री दिने औपचारिक सहमति गरेकाे छन् ।

सुदूरपश्चिम प्रदेश सरकार गठनका लागि दाबी पेस गर्ने अन्तिम दिन आज बालुवाटारमा भएको शीर्ष नेताबीचको छलफलमा साे सहमति भएको नाउपा अध्यक्ष रन्जिता श्रेष्ठका अनुसार आज बैठकमा माओवादी माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’,एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रहेका थिए ।
अध्यक्ष श्रेष्ठले नाउपाबाट कैलाश चौधरीलाई मुख्यमन्त्रीमा अघि सारेकी छिन् । उनी धनगढी आजै जाने र साँझसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी छ ।

