एक पछि अर्को सांसदलाई कारबाही गर्दै नाउपा अध्यक्ष श्रेष्ठ
धनगढी।समानुपातिक सांसद इन्दिरा गिरीलाई पदमुक्त गरेकी नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले अर्का सांसदमाथि पनि कारबाहीको डण्डा चलाएकी छन्।श्रेष्ठले शुक्रबारमात्रै सूदुर पश्चिम प्रदेशसभाका सांसद घनश्याम चौधरीलाई तीन महिनाका लागि निलम्बन गर्न भन्दै सभामुख भीमबहादुर भण्डारीलाई पत्राचार गरेकी छिन् ।
अध्यक्ष चौधरीले पार्टीको अन्तरिम विधान ०७८ धारा (१७) क को उपधारा २, ४ र ५ को प्रावधानअनुरुप पार्टीको केन्द्रीय कमिटीको शुक्रबारको निर्णयअनुसार निलम्बन सिफारिस गरिएको उल्लेख गरेकी छिन् । यसअघि अध्यक्ष श्रेष्ठकै सिफारिमा सांसद इन्दिरा गिरीलाई सभामुख भण्डारीले पदबाट निष्कासन गरिसकेका छन् ।
७ जना सांसद रहेको नागरिक उन्मुक्तिका पाँच जना सांसद रेशम चौधरी पक्षमा लागेका छन्।अध्यक्ष श्रेष्ठले चौधरीको पक्षमा लाग्ने सांसदहरुलाई एकपछि अर्को गर्दै कारबाही गरेकी हुन् ।