राजु सुन्दासको ‘प्रशंसा’नामक नयाँ गीत सार्बजनिक



काठमाडौं।नेपाली ख्रीष्टियन सांगितिक क्षेत्रमा होसन्ना मण्डलीका पास्टर राजु सुन्दासले निर्माण गर्नुभएको‘प्रशंसा’नामक नयाँ गीत सार्बजनिक गरिएको छ ।

बुधबार काठमाडौंको होसन्ना चर्चमा आयोजित एक कार्यक्रमबीच कर्णप्रिय स्वरकी धनी इसाई संगीतका अग्रज गायिक सलोमी तिमोथी र होसन्ना सेवकाई नेपालका पास्टर सुन्दासले संयुक्त रूपमा गीतको भिडियो सार्वजनिक गरेका हुन् । नेपाली चर्चमा प्रभुको महिमा, प्रशंसा र आराधना गर्नका लागि बनेको ‘प्रशंसा’ गित नेपाली बाइवलको भजनसंग्रह १०३ः १–५ बाट लिइएको हो ।

गायिका ममता गुरुङको सुमधुर स्वर रहेको गित प्रशंसामा शब्द तथा संगीत लेभेन्डर प्रि स्कुलका प्रिन्सिपल लिडिया लामाको रहेको छ भने उदयराज पौडेलले गीतलाई एरेन्ज गरेका हुन् ।

होसन्ना मण्डलीको वार्षिक पद पनि रहेको सो गितमा बाइबलको पदले भनेजस्तै, हामी उहाँको दायाँप्रति सधै प्रशंसनीय हुनुपर्दछ भन्ने विशेष सन्देश दिन खोजिएको छ ।

प्रसाद फिल्मको लै लै गीतका शब्दकार समेत रहेका गणेश शाहीले निर्देशन गरेको म्युजिक भिडियोमा होसन्ना चर्च सेवकाईका हन्ना वादी, एस्तर वादीको अभिनय रहेको छ ।

दिनेश पराजुली र विशाल थापाले छायांकन गरेको गीतको भिडियोलाई रंगविद तथा सम्पादक दिन्सन शाहले सम्पादन गरेका हुन् । यो गीत https://www.youtube.com/@dmmnepalofficial DMM Nepal Official युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

प्रशंसा गर्नु भनेको हृदयको गहिराई अन्तरआत्मा देखि प्रभुप्रतिको आदर गर्नुभएकोले यस भक्तिपूर्ण गितद्वारा नेपाली चर्चमा प्रभुको महिमा, प्रशंसा र आराधना गर्नका लागि उपयुक्त रहेको निर्माता पास्टर सुन्दासले बताउनुभयो । उहाँले यस गितद्धारा नेपाली चर्चका लागि उत्साहयुक्त, प्रेरणायुक्त र सन्तुष्टियुक्त रहेकाले गितमा प्रभुप्रतिको प्रेम, आदर सम्मानलाई झल्काएको र ख्रीष्टको पवित्रता र सत्यतालाई घोषणा गर्न सहयोग पुगेको दाबी गर्नुभयो ।

गितको समिक्षा गर्दै ख्रीष्टियन जर्नलिस्ट फेलोसिप नेपालका सचिव तथा रातोपाटीन्यूजका सम्पादक निरोज तोलाङेले यस गितले ह्दयका गहिराईमा इश्र्वरप्रतिको आदर र भक्तिभावलाई सम्बोधन गर्न सफल रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्