राप्रपाको शक्ति प्रदर्शनले राजधानीको यातायात अस्तब्यस्त
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौँमा शक्ति प्रदर्शनले राजधानीको यातायात अस्तब्यस्त बनेको छ।

राप्रपाले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा गणतन्त्र र धर्मनिरपेक्षताको विरोधमा आज भृकुटीमण्डपमा भेला भएर नगरका विभिन्न क्षेत्रमा परिक्रमा गरेको छ।
प्रदर्शनका लागि देशका विभिन्न जिल्लाबाट समेत नागरिक काठमाडौँमा आएका छन् । राप्रपाले सरकारसमक्ष पेस गरेको ४० बुँदे माग पूरा गराउन दबाब दिने उद्देश्यले आज काठमाडौँ केन्द्रित जनप्रदर्शनको आयोजना गरेको हो।प्रदर्शनमा भेला भएका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ।प्रदर्शनकारीलाई प्रहरीले भद्रकालीबाट सिंहदरबारतिर अगाडि बढ्न नदिँदा दुई पक्षबीच झडप भएको हो।
प्रदर्शनकारीले प्रहरीहरूलाई अगाडि बढ्न पाउनुपर्ने भन्दै ढुङ्गामुढा प्रहार गर्दा प्रहरीपनि लाठी चार्ज गरेको छ।सो झडपमा परि केही प्रदर्शनकारी र प्रहरी घाइते भएका छन् भने सवारी आवागमन पुरै प्रभावित बनेको छ।