मोलुङ सहकारीले आयोजना गर्‍यो शैक्षिक अन्तरक्रिया



भक्तपुर । भक्तपुर जिल्ला मध्यपुर ठिमी नगरपालिका वडा नं ३ कौसलटारमा सञ्चालित मोलुङ बचत तथा ऋण सहकारी संस्थाले शिक्षा उपसमितिको आयोजनामा सदस्यहरुको क्षमता अभिबृद्धिका लागि शैक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । 

संस्थाका अध्यक्ष चेतनाथ घिमिरेको अध्यक्षतामा सञ्चालित कार्यक्रमको सहजकर्ता डा. विनोद लुईटेलले सदस्यहरुको बचत रणनीति, कोषाध्यक्ष सुरेश बाबू जमरकट्टेलले मोलुङ सहकारिको स्थापना, हालको अवस्था, सबल र दुर्वल पक्ष र नेत्र प्रसाद दाहालले सहकारि सिद्धान्त, ऐन नियमका बारे सहजिकरण गर्नु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि परामर्स समितिका संयोजक प्रा डा भुप प्रसाद धमलाले कार्यक्रमको समिक्षात्मक मन्तव्य राख्दै मुक्तकण्ठले प्रशंसा गर्नु भयो ।

कार्यक्रममा विभिन्न क्षेत्रका ४५ जना भन्दा बढि सदस्यहरुको उपस्थिति रहेको थियो । सहकारी प्रति देखिएको नकरात्मक जनभावनालाई जनचेतना दिनको लागि यो कार्यक्रमको आयोजना गरिएको सहकारिका प्रबन्धक द्रोण प्रसाद दाहालले जानकारि दिनु भयो । 

कार्यक्रमको अन्त्यमा आउनै लागेको नयाँ बर्ष २०८१ को शुभकामना आदान प्रदान गरेर कार्यक्रम समापन भएको छ ।

प्रतिक्रिया दिनुहोस्