अझै हटेन सुनसरीका दुई गाउँपालिकामा कर्फ्यु



काठमाडौं । सुनसरीमा दुई समूहबीचको झडप नियन्त्रणका लागि लगाइएको कर्फ्यू अझै दुई पालिकामा जारी छ ।

हरिनगर र देवानगन्ज गाउँपालिकामा कर्फ्यू अझै जारी रहेको जिल्ला प्रशासन कार्यालयका कायममुकायम प्रमुख जिल्ला अधिकारी देवराज फुयाँलले जानकारी दिए ।गत शुक्रबार हरिनगरस्थित भुटाहाबाट चर्केको हिन्दु–मुस्लिम समूहबीचको झडपले दक्षिणी भेगको शान्ति सुरक्षामा खलल पुगेपछि ५ वटा स्थानीय तहमा कर्फ्यू लगाइएको थियो ।

सर्वदलीय बैठकपछि तनाव केहि कम भएपछि इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका र कोशी गाउँपालिकामा कर्फ्यू खुकुलो बनाइएको छ ।

तर, हिंसा फैलिने सम्भावना अझै रहेकोले दुई पालिकामा भने कर्फ्यू अझै जारी रहेको फुयाँलले बताए ।

प्रतिक्रिया दिनुहोस्