गृहमन्त्री लामिछानेको राजीनामा वा संसदीय छानबिनको मागबाट कांग्रेस पछि नहट्ने



काठमाडौं।प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारीको बचत अपचलन आरोप खेपिरहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजीनामा दिनुपर्ने अडान नछाड्ने भएको छ।

सोमबार बसेको कांग्रेस पदाधिकारी पूर्व र वर्तमान पदाधिकारीहरुको बैठकले सहकारी प्रकरणमा संसदीय छानबिन समिति बन्न नसक्ने अवस्थमा गृहमन्त्री लामिछानेले राजीनामा दिनुपर्ने अडानलाई निरन्तरता दिने निष्कर्ष निकालेको हो।

उक्त बैठकमा भएको छलफलबाट संसदीय छानबिन समिति गठनको अडान नछाड्ने निर्णय गरिएको महामन्त्री गगन थापाले बताएका छन्।पदाधिकारी बैठकले सांसदहरूसँग पनि थप छलफलका लागि संसदीय दलको बैठक बोलाउने निर्णय गरेको छ।

‘पदाधिकारी बैठकमा अहिलेसम्मको हाम्रो पोजिसनबारे समीक्षा गरेका छौँ। संसदीय दलको बैठकमा सबै कुराबारे थप समीक्षा हुन्छ’, उनले भने,‘कांग्रेसको बटमलाइन पुरानै हो। हामी त्यसबाट दायाँबायाँ भएका छैनौँ।’

पदाधिकारी बैठकककै निर्णयलाई संसदीय दलले पनि निरन्तरता दिएर अघि बढ्ने उनले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्