कम्युनिष्टले नेपालको संस्कृति, सभ्यता र पहिचान मेटेको महतोको आरोप



काठमाडौं।पूर्वमन्त्री राजेन्द्र महतोले कम्युनिष्टले नेपालको संस्कृति, सभ्यता र पहिचान मेटेको आरोप लगाएका छन् । सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले कम्युनिष्टले नेपालको सभ्यता, संस्कृति, पहिचान र अस्तित्व मेट्ने काम गरेको बताए ।

उनले नेपालको अस्तित्व मेटाउने कम्युनिष्ट आफैं मेटिने दाबी गरे । महतोले नेपालीको सभ्यता, संस्कृति र धर्ममाथि बारम्बार प्रहार भइरहेको बताए । उनले क्यापिटालिजम कम्युनिज्म दुनियाँमा असफल भइरहेको भन्दै अब नेपाली जनतालाई खोक्रो राष्ट्रवादको नाममा ठग्ने दिन गएको बताए ।

‘कम्युनिष्टले नेपालको सबै सभ्यता, संस्कृति मेटाइदिने, पहिचान मेटाउने काम गरे । धर्म मेटाइदिने काम गरे । सबै मेटाउँदा मेटाउँदै नेपालको अस्तित्व मेटाइदिने । सबै मेटाउनुको अर्थ नेपालको अस्तित्व मेटाउनु हो । नेपालको अस्तित्व मेटाउने कम्युनिष्टहरू आफैं मेटिन्छन्,’ महतोले भने, ‘हाम्रा सभ्यता, संस्कृति र धर्ममाथि, हाम्रो पहिचानमाथि पटक–पटक जुन आक्रमण प्रचण्डदेखि केपी ओलीसम्मले गरेका छन् । यिनीहरूको पतन हुन्छ । क्यापिटालिजम कम्युनिज्म दुनियाँमा असफल भइसक्यो । नेपाली जनतालाई अब ठग्ने दिन गए ।’

उनले अब नेपालमा आयातित विदेशी विचारबाट शासन नचल्ने बताए ।

प्रतिक्रिया दिनुहोस्