एमाले सोलुखुम्बुको ८ औं जिल्ला अधिबेशनको तयारी पूरा,उपाध्यक्ष’बादल’सहित अन्य अतिथिहरु दोर्पुमा
सोलुखुम्बु।नेकपा एमाले सोलुखुम्बुको ८ औं जिल्ला अधिबेशनको तयारी पूरा भएको छ।
शुक्रबार सुरु हुने अधिबेशनको उद्घाटन दोर्पुस्थित योङ स्टार क्लबमा हुने आयोजक कमिटीका अध्यक्ष डुफकुमार बास्तोलाले जानकारी दिनुभयो।वहाँका अनुसार हल ,आवास ,खाद्यान्न, प्रतिनिधि ब्यबस्थापन लगायत प्रचार प्रसारको तयारी पूरा भएको छ।
जिल्लाका ८ वटा स्थानीय तहका ५२ वटै वडा,विभिन्न क्लस्टर,जनसंगठन र सम्पर्क मञ्च गरी ५५१ जना प्रतिनिधि अधिबेशनमा सहभागी हुने अध्यक्ष बास्तोलाद्वारा जारी प्रेस नोटमा जनाईएको छ।उनीहरू आउने क्रम जारी रहेको पनि वहाँले बताउनु भयो।
पूर्ब उपप्रधानमन्त्री एबम् गृहमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले उद्घाटन गर्ने बताईएको छ।प्रमुख अतिथि बादलसहित स्थायी समिति सदस्य शेरधन राई,केन्द्रीय सदस्य एबम् सोलुखुम्बु जिल्ला इन्चार्ज किशोर अधिकारी,प्रतिनिधिसभा सदस्य मानबीर राई,प्रदेश कमिटी सचिब देवान राई लगायत प्रदेश कमिटीका अन्य पदाधिकारी तथा सदस्यहरु लगायत अन्य अतिथि जिल्ला आईपुग्नुभएको प्रेस नोटमा जनाईएको छ।