गृहमन्त्री लामिछानेलाई रोष्टममा जानबाटै रोक्ने कांग्रेसको निर्णय
काठमाडौं।नपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेलाई रोष्टममा जानबाटै रोक्ने निर्णय गरेको छ।

मंगलबार बसेको कांग्रेसको संसदीय बोर्डको बैठकले संसद बैठकमा गृहमन्त्री लामिछानेलाई रोस्ट्रममा जान नदिने निर्णय गरेको हो।गृहमन्त्री रवि लामिछानेमाथिको आरोप पुष्टि हुने वातावरण बनेको निष्कर्ष निकाल्दै कांग्रेसले संसदीय छानविन समिति गठन गर्नुपर्ने मागप्रति सरकार गैरजिम्मेवार देखिएको आरोप लगाएको छ।
पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता प्रकाशशरण महतले कांग्रेसले सहकारी ठगीसम्बन्धी विवादलाई लिएर गृहमन्त्रीमाथि संसदीय छानबिन समिति बनाउनुपर्ने अडान कायमै रहेको बताउँदै सदनमा गृहमन्त्रीले बोल्ने कार्यसूची तय भएमा त्यसपछि उत्पन्न हुने पस्थितिको जिम्मेवार सरकार हुने बताए।
उनले जबरजस्ती संसद अगाडि बढाउन खोजे कांग्रेसले अवरोध गर्ने प्रष्ट पारे। ‘त्यो परिस्थिति सरकारले नै बनाएको हो। सदन अवरोध गर्ने अवस्था आयो भने कांग्रेस पछि हट्दैन,’ उनले भने।

