कांग्रेस कार्यसम्पादन समितिको बैठक मंगलबार बस्ने
काठमाडौं।नेपाली कांग्रेसले कार्यसम्पादन समितिको बैठक बोलाएको छ। पार्टी सभापति शेरबहादुर देउवानिवास बुढानीलकण्ठमा बस्ने बैठकले उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाउने बताइएको छ।

बैठक चैत्र २० गते मंगलबार दिउँसो २ बजे बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
आगामी वैशाख १५ गते प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ र प्रदेश सभाका लागि बझाङ निर्वाचन क्षेत्र नम्बर १ मा उपनिर्वाचन हुँदै छ।

