आम जनता पार्टीले चैत २४ गते बृहद जनप्रदर्शन सहितको प्रदेश भेला आयोजना गर्ने
काठमाडौं।आम जनता पार्टीले जन आन्दोलन दिवसको सन्दर्भ पारेर बृहद जनप्रदर्शन सहितको प्रदेश भेला आयोजना गर्ने भएको छ।

पार्टीका केन्द्रीय उपाध्यक्ष तथा ताम्सालिङ नेवा प्रदेश कमिटीका इन्चार्ज अरुण घिसिङले बिहिवार पत्रकार सम्मेलनको आयोजना गरी पार्टीले मुलुकमा बढ्दो बेथिति, भ्रष्टाचार एवं लुटकारी दलतन्त्रका विरुद्ध यही चैत्र २४ गते भृकुटीमण्डपमा प्रदर्शन गर्न लागेको जानकारी दिएका हुन्।
घिसिङले देशमा आम जनताको सर्वोच्चतासहित वास्तविक लोकतन्त्र प्राप्तिका लागि अनवरत क्रियाशील आफ्नो पार्टीले गर्न लागेको सो प्रदर्शनलाई सार्थक रुपमा सभ्य एवं भव्य ढंगले सफल पार्न सक्रिय साथ, सहयोग र सहभागिता जनाउनका लागि अपिल समेत गरेका छन्।

