प्रा.डा.प्रेम खत्रीको ‘समसामयिक निबन्ध संग्रह’ विमोचित



काठमाडौं।सम्पदा अनुसन्धान सदनको स्थापना दिवसका अवसर सोही संस्थाका अध्यक्ष संस्कृतिविद प्रा.डा.प्रेम खत्रीको’समसामयिक निबन्ध संग्रह’पुस्तक विमोचन गरिएको छ।

प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा बुधबार आयोजित बिशेष कार्यक्रममा सो पुस्तकको बिमोचन गरिएको हो।
आफ्नो ६ दशकभन्दा लामो समय नेपालको शिक्षा क्षेत्रमा अर्पण गर्नुभएका प्रा.डा.प्रेम खत्रीको विशेष अनुभव तथा नेपालका इतिहास संस्कृति आदि विविध विषयहरू निबन्ध संग्रहमा संकलित गरिएको छ ।

डा. मुक्ति सिंह लामा तथा डा.तारामणि राईले आफ्ना क्षेत्रगत विशेषज्ञतामा आधारित प्राज्ञिक प्रस्तुति गरेको सो कार्यक्रममा विविध क्षेत्रका प्राज्ञहरूले आफ्ना विचार व्यक्त गरेका थिए।विविध क्षेत्रका प्राज्ञिक व्यक्तिहरू तथा उच्च पदस्थ सरकारी अधिकारीहरू को बाक्लो उपस्थिति रहेको सो कार्यक्रमको सञ्चालन अन्जु क्षेत्रीले गरेकी थिइन्।

नेपालमा बढ्दै गएको प्राज्ञिक विचलनलाई सन्तुलनमा ल्याउनको लागि अनुसन्धानरत विद्यार्थीहरूलाई प्राज्ञिक सहायता तथा अनुसन्धानको गुणस्तर विकास गर्नका लागि सम्पदा अनुसन्धान सदनको शुभारम्भ भएको हो। शोधार्थीहरूलाई पुस्तकालय तथा शोधकार्यका लागि आवश्यक सामग्रीहरू को व्यवस्था अनुसन्धान केन्द्रले गर्दै आएको छ भने विविध तालिम तथा अनुसन्धानमूलक कार्यक्रमहरू समेत गरिने घोषणा स्थापना दिवसमा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्