देउवाले गरे गैर सरकारी संस्था समन्वय समितिमा १० सदस्य मनोनित



काठमाडौँ । नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको गैर सरकारी संस्था समन्वय विभागमा १० सदस्य मनोनित गरेका छन् ।

सभापति देउवाद्वारा नेपाली कांग्रेसको बिधान २०१७(संशोधन सहित)को धारा २५ (९) बमोजिम मनोनित सदस्यहरुमा डिल्लीराम गिरी, परमेश्वर महासेठ, सकुन्दराज अर्याल, प्रलाह्दबाबु पन्त, यज्ञश्वर पौडेल, चुर्णबहादुर चौधरी, भैरवबहादुर विष्ट, तिलक बहादुर मल्ल, अम्बिका कुमारी थापा र उत्तमराज जोशी रहेको मुख्य सचिब कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।

कांग्रेसको गैर सरकारी संस्था समन्वय समितिको प्रमुखमा केन्द्रिय सदस्य डा. रणबहादुर रावल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्