गृहमन्त्री लामिछानेले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ : मानव अधिकार तथा शान्ति समाज
काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले शान्ति समाजले सहकारी घोटाला प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताको तथ्यहरु सार्वजनिक भइरहेको भन्दै उनले आफैंले मार्गप्रशस्त गर्नु उपयुक्त हुने धारणा सार्वजनिक गरेको छ ।

समाजले सोमबार विज्ञप्ति जारी गर्दै बहुचर्चित सहकारी घोटाला प्रकरणमा लामिछानेको संलग्नताका तथ्यहरु सार्वजनिक भइसकेको सन्दर्भमा शीघ्र निष्पक्ष एवं प्रभावकारी छानबिन अघि बढाउन माग गरेको हो।उसले भनेको छ,-‘लामिछानेले राजीनामा दिएर नैतिक रुपमा स्वयंले मार्ग प्रशस्त गर्नुपर्दछ ।’
शान्ति समाजले उपप्रधानमन्त्री लामिछानेले सहकारी प्रकरणबाट उन्मुक्ति पाउन सुनकाण्डमा मुछिएका माओवादी नेतालाई उन्मुक्ति दिएको जिकिर गरेको छ ।
यसैगरी कांग्रेसको नेतृत्वको नियत पनि आफ्नो परिवारका सदस्यमाथि कुनै छानबिन नहोस भन्ने सौदावाजीको रणनीतिले प्रेरित भएको घटनाक्रमले देखाएको शान्ति समाजले विज्ञप्तिमा उल्लेख गरेको छ ।

