ढोलाहिटीमा ग्याङ फाईट हुँदा दुईजनाको मृत्यु, ७ जना पक्राउ
काठमाडौं । ललितपुरको ढोलाहिटीमा दुईजनाको मृत्यु भएको छ ।

होली खेल्ने क्रममा विवाद हुँदा गएराति ९ बजे दुई समूहबीच ग्याङ फाइट हुँदा दुईजनाको ज्यान गएको हो । मृत्यु हुनेमा २८ वर्षका रेवाज राई र ३० वर्षका प्रजन राई रहेको प्रहरीले जनाएको छ । शव पाटन र सुमेरु अस्पतालमा राखिएको छ ।
घटनामा संलग्न भएको आशंकामा सातजना पक्राउ परेका छन् ।

