युरोप पठाईदिने प्रलोभनमा काठमाडौं बोलाएर बंगलादेशी नागरिक बन्धक बनाउने चारजना पक्राउ
काठमाडौँ।युरोपका विभिन्न देशमा पठाउने भन्दै बंगलादेशी नागरिकलाई नेपाल ल्याएर बन्धक बनाउने चार जना बंगलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार बंगलादेशबाट नेपाल ल्याई पकनाजोलस्थित निभाना ग्रीन पिस होम नामक होटलमा बन्धक बनाएर राखेको भन्ने सूचनाका आधारमा उनीहरूलाई शुक्रबार पक्राउ गरिएको हो।पक्राउ पर्नेमा ३८ वर्षीय नुरुल हुडा, ३० वर्षीय एमडी मासुम बिल्लाह, ३१ वर्षीय शामिम अहमद र ३३ वर्षीय प्रणय कुमार दे रहेका प्रहरी उपरीक्षक नकुल पोखरेलले जानकारी दिए।
उनीहरूले यही चैत ५ गते बंगलादेशबाट काठमाडौँ ल्याएर पासपोर्ट नियन्त्रणमा लिनुका साथै कुटपिट गरी रकम असुल गरेका पाइएको उनले बताए।बन्धक बनाईएका ४ जनाको उद्दार गरिएको पोखरेलले बताए।

