हिमाली र पहाडी क्षेत्रमा आज धुमधामसंँग होली पर्व मनाईदै



काठमाडौं।फागुन शुक्ल पूर्णिमाका दिन मनाईने फागु पूर्णिमा अर्थात होली पर्व आज हिमाली र पहाडी क्षेत्रमा धुमधाम संग मनाईदैछ।

आफन्त, साथीभाइ मिलेर रङ, पानी खेलेर खुसी साट्ने होलीपर्वको विशेषता हो।फागु पूर्णिमामा एकापसमा रङ, अबिर दलेर रमाइलोमात्र गरिँदैन, नाचगान पनि गरिन्छ ।

हिन्दू धार्मिक कथनअनुसार युवावस्थाका कृष्णले एक दिन झुक्याएर राधाको मुहारमा रङ दलिदिएछन् । रङ लगाउँदा भागदौड भएछ । यो गतिविधि सबैले रमाइलो मान्न थालेर होलीपर्व मनाउन थालिएको किंवदन्ती छ । अर्को जनश्रुति विष्णुका भक्त प्रह्लादसँग पनि जोडिएको छ । सत्यको विजय र असत्यको नाश भएको उत्सवका रूपमा होलीपर्व मनाइने गरिएको मानिन्छ ।

होली पर्बका अवसरमा उपत्यकासहित पहाडी र हिमाली क्षेत्रका ५६ जिल्लामा सरकारले आइतबार सार्वजनिक विदा दिएको छ ।

तराईका २१ जिल्लाहरू झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा भने सोमबार मात्रै होली पर्व मनाइन्छ । ती जिल्लामा सोमबार बिदा दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्