होलीलाई मर्यादित बनाउन उपत्यकाका तीन जिल्लाका ९० स्थानमा चेकजाँच गरिने
काठमाडौं।होली पर्वलाई मर्यादित र सुरक्षित बनाउन काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका ठाउँ ठाउँमा नेपाल प्रहरी र ट्राफिक प्रहरी खटाउने तयारी गरिएको छ।

काठमाडौं,ललितपुर र भक्तपुरमा काठमाडौं उपत्यका प्रवेश गर्ने सबै नाकाहरु र अन्य ९० ठाउँमा बिहान ७ बजेदेखि नै जाँचको व्यवस्था मिलाइएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले ढुक्कसँग मर्यादित भएर होली मनाउन पनि आग्रह गरेको छ।जाँचमा एक हजार जना ट्राफिक प्रहरी खटिनेछन् ।
यस्तै, ३० वटा मोबाइल भ्यान परिचालन गर्ने तयारी छ ।
अनुमति विपरीत रङ दल्ने, लोला हान्ने, अनावश्यक हो–हल्ला गर्ने, झै–झगडागर्ने लगायतका उच्छृङ्खल गतिविधि गर्नेहरुलाई समेत कारबाहीको दायरामा ल्याउने प्रहरीले जनाएको छ ।
काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रमा भोलि र तराईमा पर्सी होली पर्व मनाइँदैछ ।

