एमालेले बोलायो सचिवालय बैठक,समसामयिक राजनीतिक बिषयमा छलफल हुने



काठमाडौं।नेकपा एमालेले आइतबार सचिवालयको बैठक बोलाएको छ।

अध्यक्ष केपी शर्मा ओलीले आईतवार दिउँसो पार्टी कार्यालय च्यासलमा बस्ने गरी सचिवालय बैठक बोलाएका हुन्। कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार बैठकमा पार्टीको सांगठनिक गतिविधि, आगामी वैशाख ८ र ९ गते बस्ने महाधिवेशन प्रतिनिधि परिषद् बैठक र वैशाख १० गते पार्टी स्थापना दिवसको तयारी र समसामयिक राजनीतिबारे छलफल हुनेछ।

प्रतिक्रिया दिनुहोस्