नेपाल पत्रकार महासंघले तोक्यो महाधिवेशनको मिति, बैशाख २१ गते लुम्बिनीमा हुने



काठमाडौं।नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आगामी लुम्बिनीमा हुने भएको छ ।

महासंघको आज बसेको केन्द्रीय समितिको बैठकले केन्द्रीय महाधिवेशन २०८१ साल वैशाख २१ गते लुम्बिनीमा गर्ने निर्णय गरेको हो।

महासंघका महासचिव रोशन पुरीका अनुसार महासंघले जिल्ला, शाखा तथा एसोसिएट्स संस्थाहरुको अधिवेशनहरु आजैदेखि चैत मसान्तसम्म सम्पन्न गरिसक्ने र प्रदेश अधिवेशनहरु वैशाख १ गतेदेखि १२ गतेसम्म सम्पन्न गरिसक्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्