प्रसाईका बडीगार्ड पक्राउ परेपछि गृहले खोज्यो दर्ता भएका हतियारको विवरण



काठमाडौं।मेडिकल व्यवसायी दुर्गा प्रसाईंका बडिगार्ड सर्बोच्च अदालत परिसरबाट पक्राउ परेको भोलिपल्ट मंगलबार गृह गृह मन्त्रालयले इजाजत दिएका हतियारको विवरण २४ घण्टाभित्र पठाउन मातहतका निकायलाई निर्देशन दिएको छ।

हतियार तथा खरखजना ऐन २०१९ ले प्रबन्ध गरे अनुसार स्थानीय प्रशासनसँग स्वीकृति लिएका हतियार सहित सोमबार प्रसाईका दुई बडीगार्डलाई प्रहरीले पक्राउ गरेको थियो।

गृहमन्त्रीको सचिवालयले जनाएअनुसार ‘हालसम्म हातहतियार तथा खरखजनाको इजाजतपत्र जारी गरिएका व्यक्ति, प्रयोजन, प्रकार तथा संख्यासहित नवीकरण भए/नभएको विवरण, त्यस्ता हातहतियार इजाजत विपरीत प्रयोग भए÷नभएको विवरण र विना इजाजत प्रयोग गरिएको, नवीकरण नगरिएको र उद्देश्य विपरीत प्रयोग गरिएका कारण त्यस्ता हतियार बरामद गरिएको सो समेत खुलाई पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र उपलब्ध गराइदिनुहुन आदेशानुसार अनुरोध छ भनेर पत्राचार गरिएको हो।,

प्रतिक्रिया दिनुहोस्