रबि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन नगरे संसद चल्न नदिने कांग्रेसको चेतावनी
काठमाडौं । नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेका विषयमा छानबिन गर्न संसदीय समिति गठनको माग गरेको छ ।

मंगलबार प्रतिनिधिसभा बैठकमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले लामिछानेमाथि सहकारी ठगीको पर्याप्त प्रमाण भएको जिकिर गरे ।“एउटा छानबिन समिति गठन गरौँ, यो संसदीय अभ्यास हो । दूधको दूध पानीको पानी निष्पक्ष छानबिनको वातावरण सिर्जना गरौँ,” उनले भने ।
लेखकले समिति गठन नगरे संसद् चल्न नदिने बताउंदै नचल्नुको जिम्मेवारी सरकारले नै लिनुपर्ने बताए ।प्रतिनिधि सभामा बैठकमा बोल्दै लेखकले लामिछानेमाथि उठेका प्रश्नको विषयमा प्रधानमन्त्रीले दिएको जवाफमा चित्त नबुझेको बताए ।यस अघि प्रधानमन्त्री प्रचण्डले गृहमन्त्री लामिछाने दोषी नरहेको उत्तर संसद समक्ष दिएका थिए।
उनले भने, ‘विवादास्पद मन्त्री भएपछि राजिनामा दिने चलन छ । खै त गृहमन्त्रीले राजिनामा दिएको खै ?उनले अन्य मन्त्रीहरूमाथि प्रश्न उठेपछि राजिनामा दिएको सूची नै सभामुखसामु प्रस्तुतसमेत गरे ।
लेखकले प्रधानमन्त्रीलाई प्रश्न गरे, ‘प्रधानमन्त्री ज्यू पोखरा जादा तपाईंले पीडित भेटेको हो होइन ?’ पीडितले जाहेरी दिएका छन् । प्रधानमन्त्री अँध्यारोमा हुनुहुन्छ ।’

