रुकुम पूर्वबाट काठमाडौँ आँउदै गरेको बस दुर्घटना : ८ जनाको मृत्यु,२४ घाइते
काठमाडौं।बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा बस दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्।

रुकुम पूर्वबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस आज साँझ मध्य पहाडी लोकमार्गमा दुर्घटना हुंदा सात जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको गण्डकी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक विकास खनालले जानकारी दिनुभयो ।
दुर्घटनामा २४ जना घाइते छन् । दुर्घटना स्थलमा घुमाउरो बाटो घुमाउरो भएको र चालकको समेत मृत्यु भएको उहाँले बताउनुभयो । बस सडकदेखि करिब तीन सय मिटर तल खसेको छ । (फोटो :सामाजिक सञ्जाल)

