मधेस प्रदेश सरकारमा एमाले सहभागी, यादव बने भौतिक पूर्वाधार विकासमन्त्री



काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।

सोमबार मुख्यमन्त्री यादवले नेकपा एमालेका नेता सरोजकुमार यादव भौतिक पूर्वाधार विकासमन्त्री नियुक्त गरेका हुन् ।नव नियुक्त मन्त्री यादवलाई प्रदेश प्रमुख सुमित्रा भण्डारीले उनलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।

मुख्यमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठन गरेर एमालेलाई सत्तामा प्रवेश गराएसँगै कांग्रेस सरकारबाट औपचारिकरुपमा बाहिरिएको छ।

नयाँ समीकरण बनेपनि मधेस प्रदेश सरकारमा  नेपाली कांग्रेस सरकारमै थियो । कांग्रेसबाट प्रदेश सरकारमा रहेका कुनै पनि मन्त्रीले राजीनामा नदिएपछि मुख्यमन्त्री यादवले  मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् । 

प्रतिक्रिया दिनुहोस्