पत्रकार मिलन खालिङलाई किराँत खालिङ राई उत्थान संघको सम्मान



काठमाडौं।दाक्सु मिडिया प्रालिका सञ्चालक क्रियाशील युवा पत्रकार मिलन खालिङ राई सम्मानित हुनुभएको छ।

किराँत खालिङ राई उत्थान संघको आठौं ऐतिहासिक अधिबेशनका अवसरमा शनिबार वहाँलाई सम्मानित गरिएको हो।कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहनुभएका संघीय संसद प्रतिनिधिसभाका सदस्य मानबीर राईले पत्रकार राईलाई सम्मान पत्र प्रदान गर्नुभएको थियो।

दाक्सु मिडियामार्फत समाजका कुरीति,हिंसा र अपराधबिरुद्ध सशक्त आवाज उठाउँदै समानता,सुसाशन र न्यायको पक्षमा क्रियाशील रहेका कारण पत्रकार खालिङलाई सम्मानित गरिएको किराँत खालिङ राई उत्थान संघले जनाएको छ।

दर्जनौं मिडियामा काम गरिसकेका राई यसअघि पनि सम्मानित हुनुभएको थियो।किराँत खालिङ राईको यो सम्मानले अझ सशक्त र जिम्मेवार भएर सञ्चारकर्ममा लाग्न हौसला मिलेको खालिङले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्