थुलुङ दुधकोशीमा डाँडाखर्क-सुकेपोखरी पर्यटन सडक उद्घाटन



सोलुखुम्बु।जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका-४ डाँडाखर्क- सुकेपोखरी पर्यटन सडकको उद्घाटन गरिएको छ। शनिबार एक कार्यक्रमका बिच प्रदेश सदस्य गोम्बु शेर्पा कर्ज्याङ र गाउँपालिका अध्यक्ष असिम राईले संयुक्त रुपमा उद्घाटन गर्नु भएको हो ।

कार्यक्रम उद्घाटन गर्दै अध्यक्ष राईले यस क्षेत्रलाई पर्यटकीय हिसाबले विकास गर्नका लागि आवश्यक डिपिआर निर्माणको चरणमा रहेकाले आगामी दिनमा थप पुर्वाधार निर्माण गरिने बताउनुभयो । स्थानीयको माग र त्यहाँको आवश्यकतालाई ध्यानमा राखेर बजेट व्यबस्था गरेको भन्दै अध्यक्ष राईले खानेपानी लगायतको सहजताको लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

सडक निर्माण भएपछि यस क्षेत्रको स्थानीय नागरिक र पर्यटकका लागि आवतजावतमा सहजता भएको भन्दै स्थानीयबासीले धन्यवाद दिएका छन । उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सबिता राई, पालिका प्रवक्ता भोजराज कार्की,वडा नम्बर ४ का कार्यबाहक अध्यक्ष बिकास भारती लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्