खालिङ राई समुदायबाट निर्बाचित पहिलो सांसद मानबीरसहित विभिन्न ब्यक्तित्व सम्मानित

काठमाडौं।प्रतिनिधिसभा सदस्य मानबीर राई सम्मानित हुनुभएको छ।

खालिङ समुदायबाट प्रतिनिधिसभा सदस्यमा निर्बाचित हुने पहिलो ब्यक्ति हुन सफल भएको भन्दै ऐतिहासिक आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रममा किराँत खालिङ राई उत्थान संघ केन्द्रीय समितिले वहाँलाई शनिबार सम्मानित गरेको हो।
अधिबेशन उद्घाटन समारोहका प्रमुख अतिथि समेत रहनु भएका राई गत बर्ष सम्पन्न संघीय निर्बाचनमा सोलुखुम्बुबाट प्रतिनिधिसभा सदस्य निर्बाचित हुनुभएको थियो।ऐतिहासिक आठौं राष्ट्रिय अधिबेशन आयोजक समितिका संयोजक सीता खालिङले वहाँलाई सम्मानपत्रद्वारा सम्मानित गर्नुभएको थियो।
सम्मान पत्रमा देश,जनता र सिंगो समुदायको हितका लागि महत्वपूर्ण भूमिका निर्बाह गर्ने अपेक्षासहित विभिन्न राजनीतिक जिम्मेवारी निर्बाह गर्दै खालिङहरुको आदीम थलो माप्यदुधकोशी गाउँपालिकाको वडा नं २ ठुलढुंगामा जन्मिएर प्रतिनिधिसभाको गरिमामय सदस्य जस्तो पदमा निर्बाचित हुन सफल भएकोमा खालिङ समुदायले आत्मगौरब गरिरहेको उल्लेख छ।
कार्यक्रममा माप्यदुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईलाई पनि सम्मानित गरिएको छ।संघका संरक्षकसमेत रहनुभएका अध्यक्ष राईलाई कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य राईले सम्मानपत्र हस्तान्तरण गर्नुभएको थियो।सम्मानित ब्यक्तित्व राई नेकपा एमाले सोलुखुम्बुका प्रभावशाली नेताका साथै सोलुखुम्बु जिल्लाको माप्यदुधकोशी गाउँपालिका अध्यक्ष हुनुहुन्छ।वहाँले माप्य दुधकोशी गाउँपालिका अध्यक्षको जिम्मेवारी सम्हालेको यो दोश्रो कार्यकाल हो।वहाँ ०७४ सालको स्थानीय तह निर्बाचनमा पनि गाउँपालिका अध्यक्ष निर्बाचित हुनुभएको थियो।
यसैगरी सोही कार्यक्रममा संयुक्त राष्ट्र संघ स्थायी समितिका सदस्य समेत रहेका परराष्ट्र मन्त्रालयका प्रबक्ता अमृतबहादुर खालिङ,माप्यदुधकोशी गाउँपालिका उपाध्यक्ष गौरव खालिङ,सफल पर्यटन ब्यबसायी निरकुमार खालिङ निरु र जसधनी रखालिङलाई पनि सम्मानित गरिएको थियो।
काठमाडौं जिल्लाको तारकेश्वर नगरपालिका-१ मा अवथित किरांत खालिङ राई एकीकृत बस्तीमा खालिङ संघको भवन निर्माणका लागि निशुल्क जग्गा उपलब्ध गराउनु हुने ६८ जना जग्गादाताहरुलाई समेत सो कार्यक्रममा ताम्रपत्रद्वारा सम्मानित गरिएको थियो।
अधिबेशन उद्घाटन कार्यक्रममा किरांँत खालिङ राई उत्थान संघको मुखपत्र सुनम्यसङ,माप्यदुधकोशी गाउँपालिकाको आर्थिक सहयोगमा प्रकाशित तम्र(मुन्दुम),पर्खी खालिङद्वारा लिखित’कराते कहर सफलताको बहार’ पुस्तकको बिमोचन गरिएको थियो।
मोरङ-सुनसरी,उदयपुर,चितवन,खोटाङ,सोलुखुम्बु र बिदेश बिभाग अन्तर्गत अमेरिका र बेलायतबाट आएका प्रतिनिधि अधिबेशनमा सहभागी रहेको किरांत खालिङ राई उत्थान संघका वरिष्ठ उपाध्यक्ष बलबहादुर खालिङले जानकारी दिनुभयो।नयाँ नेतृत्व चयन गर्दै अधिबेशन आजै सम्पन्न हुने वहाले बताउनुभयो।

