फुट्यो बाबुराम नेतृत्वको नेपाल समाजबादी पार्टी



काठमाडौं।डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी औपचारिक रुपमै बिभाजित हुन पुगेको छ।पार्टीका अर्का अध्यक्ष महिन्द्र राय यादव पक्षले माओवादी केन्द्रसँग शनिबार पार्टी एकताको गर्ने निर्णय गरेसंगै सो पार्टी औपचारिक रूपमा बिभाजित हुन लागेको हो।

बालुवाटारमा सम्पन्न पार्टी एकता सम्बन्धि बैठकमा अध्यक्ष महिन्द्र राय यादव,सहअध्यक्ष गंगा नारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यायदले सहभागी थिए।यादवले सहअध्यक्ष गंगा नारायण श्रेष्ठ र महासचिव रमेश प्रसाद यादवसहित माओवादीसँग एकता गर्ने गरि सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

मओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच एकता गर्ने, एकीकरण पछि पार्टीको नाम महाधिवेशन पछि टुंगो लगाउने र पार्टी एकताको प्रक्रिया टुंगाउन माओवादी केन्द्रका महासचिव देव गुरुङ र उपमहासचिव जनार्दन शर्मा तथा नेसपाको तर्फबाट सहध्यक्ष गंगा श्रेष्ठ र महासचिव रमेशप्रसाद यादव रहेको कार्यदल समेत बनाएका छन् ।

२०७६ वैशाखमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबीच एकता भएर समाजवादी पार्टी नेपाल बनेको थियो।२०७९ असारमा उपेन्द्र यादवसँगपनि छुट्टिएर भट्टराईले नेपाल समाजवादी पार्टी गठन गरेका थिए।

गत निर्वाचनमा नेसपाले माओवादी केन्द्रको चुनाव चिन्ह लिएर चुनाव लडेको थियो । प्रचण्डसँग पछिल्लो समय असमझदारी बढेपछि डा. बाबुराम भट्टराईले माओवादीको चुनाव चिन्ह लिएर चुनाव जितेका पार्टीका सांसदलाई आफ्नो पार्टीका कायम गर्न निवेदन दिएपनि आयोगले अस्वीकार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्