लुम्बिनी प्रदेशमा हुने भनिएको विवादित अन्तर्राष्ट्रिय शिखर सम्मेलन स्थगित



काठमाडौं। लुम्बिनी प्रदेशमा हुने भनिएको‘बालबालिका,विकास र शान्तिका लागि लरियट्स एन्ड लिडर्स अन्तराष्ट्रिय चौथो शिखर सम्मेलन’स्थगित भएको छ।

फागुन २८ र २९ हुने भनिएको सम्मेलन स्थगितसम्बन्धी औपचारिक निर्णय मन्त्रिपरिषद्को बैठकले गर्न लागेको लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष नहकुल केसीले बताए।त्यसको औपचारिक निर्णयका लागि मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्रिपरिषद्को बैठक आह्वान गरेको उनले बताए

लुम्बिनी प्रदेश सरकारको असोज १८ गतेको निर्णय गरी चालु आवको नीति कार्यक्रमबाटै घोषणा गरेर ६ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो।

मुख्यमन्त्री चौधरीले संघीय सरकारमा राजनीतिक समीकरण फेरिएसँगै लुम्बिनीको शिखर सम्मेलन पनि स्थगित गर्ने अवस्थामा पुगेको बताए।सम्मेलनमा सम्मेलनमा ९ जना नोबेल पुरस्कार बिजेतासहित विभिन्न देशका राष्ट्र प्रमुख, पूर्व प्रधानमन्त्रीसहित १८ जना विशिष्ट अतिथि आउने निश्चित भएको थियो।

तिब्बती निर्बासित नेता दलाई लामाको नाम जोडिएपछि विवादमा तानिएको सो सम्मेलन प्रदेशका प्रतिपक्ष र सत्तापक्ष दलको असन्तुष्टि र राजनीतिक घटनाक्रम फेरिएसंगै मुख्यमन्त्री चौधरी स्थगित गर्न बाध्य भएका हुन।

प्रतिक्रिया दिनुहोस्