प्रचण्ड सरकारका तीन बिना बिभागीय मन्त्रीले लिए सपथ
काठमाडौं । नेकपा एमाले-माओवादी केन्द्र गठबन्धन सरकारका नवनियुक्त तीन मन्त्रीले शपथ लिएका छन् ।

सोमबार राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहमा हितबहादुर तामाङ, पदम गिरी र डोलप्रसाद अर्यालले विनाविभागीय मन्त्रीको शपथ ग्रहण गरेका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराएका हुन् ।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच नयाँ सत्ता समीकरण बनाउने सहमति भएको थियो । त्यस अनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ समीकरणमा रहेका दलमध्ये जसपाबाहेक अरु दलको एक एक जना सहभागी मन्त्रिपरिषद गठन गरेका हुन्।
त्यसअघि बसेको नयाँ सत्तागठबन्धनमा आवद्ध चार दलको बालुवाटारमा सम्पन्न बैठकले अरु दललाई पनि गठबन्धनमा सामेल गर्ने निर्णय गरेका छन्।

