कार्यालयभित्रै झुन्डिएको अवस्थामा भेटिए सशस्त्रका डिएसपी
काठमाडौं।मोरङमा सशस्त्र प्रहरी बलका एक नायब उपरीक्षक (डिएसपी)उपेन्द्र बस्याल झुन्डिएको अवस्थामा मृत फेला परेका छन्।

डिएसपी बस्याललाई केहीबेरअघि कार्यालयभित्रै मृत फेला पारिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका डीआईजी चन्द्र कुवेर खापुङले जानकारी दिए।उनी धनपालथान गाउँपालिका-३ स्थित बोर्डर आउट पोस्ट (बीओपी) सोराभागका इन्चार्ज हुन्।
पाल्पा निबासी ३८ बर्षीय बस्यालको मृत्युको सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको छ। अनुसन्धानपछि घटनाको वास्तविकता पत्ता लाग्ने प्रहरीले जनाएको छ।

