मंगलबारका लागि बोलायो कांग्रेसले कार्यसम्पादन समितिको बैठक



काठमाडौं।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कार्यसम्पादन समितिको बैठक बोलाएका छन्।सत्ता राजनीतिमा आएको फेरबदलसँगै उनले छलफल गर्न मंगलबार (भोलि) दिउँसो तीन बजे सभापति देउवा निवास बुढानीलकण्ठ बस्ने गरी बैठक बोलाइएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। 

यसअघि सोमबार पदाधिकारी बैठक बसेको थियो। उक्त बैठकपछि सभापति देउवाले कार्यसम्पादन बोठक बोलाएका हुन्। कार्यसम्पादन समिति ४६ जनाको हुने व्यवस्था भए पनि हाल ३७ जना मात्र छन्।

बुढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकपछि प्रमुख सचेकत रमेश लेखकले कांग्रेसका मन्त्रीहरुले राजीनामा नदिने बताएका थिए।

सो बैठकमा सभापति देउवाले प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्डले गठबन्धन तोडेको ब्रिफिङ गरेको लेखकले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्