चैत मसान्तभित्र महासमिति सदस्यको निर्बाचन गराइसक्न बाँकि जिल्लालाई कांग्रेसको निर्देशन
काठमाडौं।नेपाली कांग्रेसले महासमिति सदस्य निर्बाचन चैत मसान्तसम्ममा गरिसक्न जिल्ला कार्यसमितिहरुलाई निर्देशन दिएको छ।

पार्टीको चौधौं महाधिवेशन अन्तर्गत महासमिति सदस्यको निर्बाचन हुन बाँकी क्षेत्र तथा जिल्लाहरुलाई परिपत्र गर्दै नेपाली कांग्रेसले चैत मसान्तसम्ममा निर्बाचन गरिसक्न निर्देशन दिएको हो।
जिल्ला सभापतिहरुलाई सम्बोधन गर्दै नेपाली कांग्रेसको केन्द्रीय निर्बाचन समितिका संयोजक खम्मबहादुर खातिले फागुन २० गते गरेको परिपत्रमा क्षेत्रसंग समन्वय गरि जिल्ला कार्यसमितिको बैठक बसेर निर्बाचन मिति ७ दिनभित्र जानकारी गराउन भनिएको छ।तोकिएको मितिमा निर्बाचन सम्पन्न गर्न केन्द्रीय निर्बाचन समितिले निर्बाचन अधिकृत तोकी पठाउने पनि परिपत्रमा उल्लेख गरिएको छ।
चौधौं महाधिवेशन अन्तर्गत निर्बाचित हुनुपर्ने महासमिति सदस्यको निर्बाचन सोलुखुम्बु,ओखलढुंगा,खोटाङ,दोलखा,बारा क्षेत्र नं ,पर्सा क्षेत्र नं१,काठमाडौं क्षेत्र नं ५,दाङ क्षेत्र नं ३,धादिङ क्षेत्र नं १, कञ्चनपुर क्षेत्र नं १,बाग्लुङ क्षेत्र नं २ र सिन्धुली क्षेत्र न २ मा अझै हुन नसकेको केन्द्रीय निर्बाचन समितिले जनाएको छ।

