मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा प्रधानमन्त्री प्रचण्ड



काठमाडौं।नेकपा एमालेसंगको अघिल्लो गठबन्धनलाई अघि बढाउने निर्णयसंगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नयाँ सरकार गठनको तयारीमा जुटेका छन्।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जसपा, नेकपा एससहितको गठबन्धन टुटेर नयाँ समीकरणको सरकार बन्ने भएपछि प्रधानमन्त्री प्रचण्डले अहिले सबै मन्त्रीहरूलाई फिर्ता बोलाउने जानकारी गराएका छन्।

अहिलेका सबै मन्त्री हटाउने र सानो आकारको मन्त्रिपरिषद् आजै पुनर्गठन गर्ने तयारी प्रधानमन्त्रीको छ। पछिल्लो सहमतिअनुसार नेकपा एमाले, नेकपा माओवादी केन्द्र,रास्वपा र जसपाबाट एक-एक जना जनाले आजै मन्त्रीमा शपथ लिने तयारी गरेका छन्।

कांग्रेससँग रुष्ट प्रधानमन्त्री प्रचण्डले एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीसँग नयाँ गठबन्धन बनाउने समझदारी बनेसँगै नयाँ मन्त्रिपरिषद् गठन हुने भएको हो।file foto

प्रतिक्रिया दिनुहोस्