केन्द्रीय सदस्यसहित दुइ दर्जन बढी एकीकृत समाजबादीका नेता फर्किए एमालेमा
दैलेख।नेकपा (एकीकृत समाजवादी)केन्द्रीय सदस्य बरुनाथ योगीसहित दुई दर्जन बढी नेता कार्यकर्ता नेकपा एमालेमा फर्किएका छन्।

आइतबार आयोजित कार्यक्रममा उनीहरूलाई नेकपा एमालेका केन्द्रीय कमिटी सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टले स्वागत गरेका थिए। एमालेमा फर्किनेहरूमा नेकपा एसकी केन्द्रीय सदस्य तथा पूर्वसांसद पार्वती विशुंके, प्रदेश कमिटी सदस्य भूपेन्द्रबहादुर शाही, प्रदेश कमिटी सदस्य बालकृष्ण केसी, जिल्ला कमिटी उपाध्यक्ष निरक शाही, जिल्ला सचिवालय सदस्य एवं क्षेत्रीय समन्वय कमिटी सचिव कमल रिजाल, विद्यार्थी संगठनका केन्द्रीय सचिव भरत शाहीलगायतका नेताहरू रहेका छन्।
यसैगरी,प्रदेश कमिटी सदस्य बसन्त रेग्मी,दुल्लु नगर अध्यक्ष भिमप्रसाद शर्मा,नारायण नगर अध्यक्ष हर्क नेपाली,दुल्लु नगर सचिव महेन्द्रनाथ योगी,युवा संघ केन्द्रीय सचिवालय सदस्य धिरेन्द्र कार्की,केन्द्रीय सल्लाहकार कमिटी केशरसिंह माझी, प्रदेश कमिटी सदस्य एवं क्षेत्रीय समन्वय कमिटी अध्यक्ष गोकर्ण माझी,प्रदेश कमिटी सदस्य आत्मप्रसाद उपाध्याय,जिल्ला कमिटी सदस्यहरु खजुरा सुजी,कलम नेपाली,जगत शाही,खगेन्द्र शाही,पुर्णबहादुर थापा,महेन्द्र थापा,क्षत्र माझी,यामराज थापा, लक्ष्मी केसी,दिपक रावल पनि एमालेमा फर्किएका छन्।

