शर्मिला वाइवा सिन्धुपाल्चोकबाट पक्राउ
काठमाडाैँ।प्रहरीले सिन्धुपाल्चोकबाट शर्मिला वाइबालाई पक्राउ गरेको छ।सिन्धुपाल्चोककाे बार्हबिसेबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।

हास्य कलाकार पवन खतिवडा ‘म्याकुरी’लाई कुटपिट गरेको आरोपमा उनीविरुद्ध प्रहरी वृत महाराजगञ्जमा मुद्दा दर्ता भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले उनलाई पक्राउ गर्न सिन्धुपाल्चोक प्रहरीसँग समन्वय गरेको थियो ।प्रहरीका अनुसार शर्मिलालाई बार्हबिसेबाट पक्राउ गरी काठमाडौको महारागञ्ज पठाइएको छ।

