विद्यालयहरुमा प्रारम्भिक कमिटी गठनलाई अनेरास्ववियु सोलुखुम्बुले दियो तीब्रता



सोलुखुम्बु।जिल्ला कमिटीको १२ औं अधिबेशनको तयारीमा जुटेको नेकपा एमालेको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले सोलुखुम्बु जिल्लाका विभिन्न विद्यालयमा प्रारम्भिक कमिटी गठनको कामलाई तीब्रता दिएको छ।

फागुन १९ गते माप्यदुधकोशी गाउँपालिकाको केन्द्र खास्तावमा जिल्ला अधिबेशन गर्ने निर्णय गरेको अनेरास्ववियुका जिल्ला नेताहरु खुम्बु पासाङल्हामु र लिखुपिके बाहेकका स्थानीय तहभित्रका विद्यालयहरुमा प्रारम्भिक कमिटी गठन हुन बांकी विद्यालयहरुमा सक्रियतापूर्बक क्रियाशील रहेको जिल्ला कमिटी सचिव ङवाङतेञ्जी शेर्पाले बताए।शेर्पाका अनुसार सोमबारसम्म थुलुङदुधकोशीका अधिकांश र सोलुदुधकुण्ड नगरपालिकाका ,माप्यदुधकोशी र महाकुलुङका केहि विद्यालयहरुमा कमिटी गठन गरिएको छ।

थुलुङ दुधकोशीको लोखिमस्थित जनता माध्यमिक विद्यालयमा प्रदीप तामाङको अध्यक्षयतामा २५ सदस्यीय,माध्यमिक विद्यालय लोखिममा तनुजा तामाङको अध्यक्षतामा ४८ सदस्यीय, जीवन ज्योति माध्यमिक विद्यालय नेलेमा माया विकको अध्यक्षतामा ३८ सदस्यीय, दुधकौशीका माध्यमिक विद्यालय रनेममा एलन राईको अध्यक्षतामा ३९ सदस्यीय, देउसा माध्यमिक विद्यालय देउसामा विवेक राईको अध्यक्षतामा २५ सदस्यीय,कालिकादेवी माबिमा दिपक कार्कीको अध्यक्षतामा ३६ सदस्यीय,जीवनज्योति माबिमा सर्मिला थापाको अध्यक्षतामा ३४ सदस्यीय,महेन्द्रोदय माबिमा मिक्सन राइको अध्यक्षतामा ३१ सदस्यीय प्रारम्भिक कमिटी गठन गरिएको अनेरास्ववियु सोलुखुम्बु जिल्ला कमिटीका प्रचार प्रसार विभाग प्रमुख एवं अनेरास्ववियु थुलुङ दुधकोशी गाउँपालिका कमिटी इन्चार्ज देवचन्द्र राईले जानकारी दिए । 

यसैगरी महाकुलुङको गुंदेल माबिमा गणेश कुलुङको अध्यक्षतामा ३५ सदस्यीय,छेस्काम माबिमा क्षितिज कुलुङको अध्यक्षतामा २९ सदस्यीय माप्यदुधकोशीको कांकु माबिमा संयोक राइको अध्यक्षतामा २९ सदस्य अनेरास्ववियु प्रारम्भिक कमिटी गठन गरिएको छ।सोलुदुधकुण्ड नगरपालिकाका दुई वटा विद्यालयमा पनि यसअघि नै प्रारम्भिक कमिटी गठन गरिएको अनेरास्ववियु सोलुखुम्बुले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्