न्यायाधीशद्वय थपलिया र निरौला बर्खास्त ,एक जनाको सरुवा



काठमाडौँ।न्याय परिषद्को सिफारिसमा आइतबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले उच्च अदालतका न्यायाधीश नवराज थपलिया र जिल्ला न्यायाधीश अम्बिकाप्रसाद निरौलालाई पदमुक्त गरेका छन्।

न्याय परिषदले पदमुक्त गर्न सिफारिस गरेलगत्तै प्रधानन्यायाधीश श्रेष्ठले न्यायाधीशद्वयलाई आइतबार पदमुक्त गरेका हुन।आइतबार नै न्याय परिषदले उनीहरूले न्यायाधीशको आचार विपरीत कार्य गरेको ठहर गर्दै पदमुक्त गर्न सिफारिस गरेको थियो।थपलियाले बिचौलियाको रुपमा काम गरेको भन्दै परिषदमा उजुरी परेको थियो। उजुरीमाथि छानबिन हुँदा दोषी ठहरिएपछि कारबाही गरिएको हो।

त्यस्तै परिषद्ले काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालालाई सचेत गराउने निर्णय गरेको छ। इच्छाराज तामाङको मुद्दामा घुस डिल गरेको अडियो सार्वजनिक भएपछि उनीमाथि छानबिन गरिएको थियो। कोइरालालई महोत्तरी जिल्ला अदालत सरुवा गरिएको सर्वोच्चले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्