झापामा सरकारी जग्गा हड्प्ने १७८ जनाबिरुद्द अख्तियारको मुद्दा,पशुपतिको जग्गा खोज्न समिति



काठमाडौं।पशुपति क्षेत्र विकास कोषको नाममा देशभर रहेको जग्गा खोजीका लागि लागि पूर्वसचिव दामोदर रेग्मीको नेतृत्वमा ५ सदस्यीय उच्चस्तरीय समिति गठन गरिएको छ।

संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट गठित समितिका सदस्यहरुमा पूर्व सहसचिव देवराज ढकाल, पशुपति क्षेत्र विकास कोषका कानुनी सल्लहाकार हरिनाथ ढकाल, मन्त्रालयका उपसचिव शिवराज रेग्मी र पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव राजु केसी रहेका छन्।

गुठी र क्षेत्र विकास कोषका नाममा लिच्छवीकालबाटै विभिन्न दाताहरुले दान गरेको जग्गा पछिल्ला समय व्यक्तिले हडप्ने क्रम बढेसँगै खोजीका लागि समिति बनाइएको हो।

काठमाडौं उपत्यकामा रहेको जग्गा व्यवस्थापनका लागि क्षेत्र विकास कोषले काम अगाडि बढाइसकेको छ। 
अवैध रुपमा बनेको संरचना भत्काउन थालिसकिएको छ।

उता,अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय चन्द्रगढी, झापाका तत्कालीन नापी अधिकृत रामदेव मण्डल धानुक सहित १८७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

झापाको दमक नगरपालिका- १३ र १४ कायम रहेको बालुवाटारको (रतुवा र दिपिनी खोलाको दोभानबाट उत्तरतर्फ) का जग्गाहरू किनं ७६०.१, ७६१, ७६२, ७७३, ७८३, ७८४, ७८६, ७८७, ७८८ र साविक दमक ६ ग र दमक ५ खबीचको मार्जिनका जग्गाहरू स्वबासी प्रक्रियाबाट व्यक्तिको नाममा लगेको घटनामा अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।

मुद्दा चलाइएका १८७ जना मध्ये नापी कार्यालय चन्द्रगढीका ९ जना कर्मचारी, सरकारी सार्वजनिक जग्गा गैरकानुनी तरिकाले स्वबासी जग्गादर्ता प्रक्रियाबाट आफ्नो नाममा दर्ता कायम गरेका सुरु जग्गा दर्तावाला ६५ जना र बिगो असुलउपर तथा जग्गा जफत प्रयोजनका लागि प्रतिवादी बनाइएका ११३ जना छन्।

‘सुरु नापीको सरकारी सार्वजनिक जग्गा स्वबासी जग्गादर्ताबाट जम्मा क्षेत्रफल २८ बिघा १७ कठ्ठा १३ धुर अर्थात् ३८४ रोपनी ८ आना १ दाम व्यक्ति विशेषको नाममा दर्ता कायम गरेको भेटियो। ती जग्गाहरूको न्यूनतम मूल्याङ्कन ४१ करोड ६२ लाख १९ हजार ८०१ रुपैयाँ ७५ पैसा हुन आउँछ,’ अख्तियारको अनुसन्धानले निष्कर्ष निकालेको छ।स्केच

प्रतिक्रिया दिनुहोस्