नेचासल्यानको हिमालदर्शन माबिले शिक्षकहरुलाई उपलब्ध गरायो ल्यापटप



खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।सोलुखुम्बु जिल्लाको नेचासल्यानस्थित हिमाल दर्शन माध्यमिक विद्यालयले शिक्षकहरुलाई ल्यापटप बितरण गरेको छ।

विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष ओमप्रसाद बास्तोलाले शुक्रबार आयोजित कार्यक्रममा १९ जना शिक्षकहरुलाई ल्यापटप बितरण गरेको ब्यबस्थापन समिति सदस्य नवराज जम्मरकट्टेलले जानकारी दिए।

शिक्षण सिकाईलाई प्रबिधिसंँग जोड्ने उद्देश्यले विद्यालयको आन्तरिक श्रोतबाट खरिद गरि ल्यापटप बितरण गरिएको बास्तोलाको भनाई छ।२८ जना शिक्षकहरु रहेको सो विद्यालयका बांँकी शिक्षकहरुलाई केहि समयपछि उपलब्ध गराउने उनले बताए।

शैक्षिक गुणस्तर वृद्धिका लागि विद्यालय ब्यबस्थापन समितिले जारी गरेको २० बुँदे प्रतिबद्धतामा शिक्षकहरुलाई ल्यापटप उपलब्ध गराउने बुँदा समेत रहेको प्रधानाध्यापक अशोककुमार कटेलले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्