श्रीमतीको हत्या अभियोगमा ओखलढुंगा बिब्ल्याटेका एक युवा पक्राउ



ओखलढुंगा।ओखलढुंगामा श्रीमतीको हत्या आरोपमा एक युवा पक्राउ परेका छन्।

आफ्नै श्रीमती ४० वर्षीया ङिम्किमो शेर्पाको हत्या गरेको अभियोगमा सिद्धिचरण नगरपालिका-५ बिप्ल्याटेका ४० वर्षीय काजी शेर्पालाई गएराति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।

काजीले कुटपिट गर्दा गम्भीर घाइते भएकी ङिम्किमोको सामुदायिक मिसन अस्पताल ओखलढुंगामा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ। (सांकेतिक तस्बिर)

प्रतिक्रिया दिनुहोस्