हिन्दु राष्ट्रको कुरा कांग्रेसका लागि स्वीकार्य बिषय हुन सक्दैन : शेर्पा
काठमाडौं।नेपाली काँग्रेसका महासमिति सदस्य पासाङ शेर्पाले धर्मसापेक्ष राज्य कुनै पनि हालतमा स्वीकार गर्न नसकिने बताएका छन्रा।
महासमिति बैठक सम्पन्न हुनुअघि बिहिवार आफ्नो धारणा राख्दै शेर्पाले राष्ट्रको आफ्नो कुनै धर्म नहुने भन्दै त्यसलाई स्वीकार गर्न नसकिने बताएका हुन।सबै जातजातिको बसोबास रहेको सुन्दर मुलुकमा हिन्दु राष्ट्र बनाउनुपर्ने अभिव्यक्तिले धार्मिक तथा सामाजिक सद्भाव खल्बलिने निश्चित रहेको बताउंदै उनले भने,-‘नेपाली कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीले कुनै एक समुदायको धर्मलाई बोकेर हिड्न खोज्नु अलोकतान्त्रिक र लज्जास्पद हुन्छ।’
हिन्दु राष्ट्रको कुरा गर्नु काङ्ग्रेस पार्टीलाई एउटा मात्र समुदायमा खुम्च्याएर खोजिएको भन्ने अर्थ लाग्ने दाबी गर्दै शेर्पाले कांग्रेस कुनै पनि हालतमा हिन्दु राष्ट्रको पक्षमा उभिन नहुने सुझाव दिए।जिल्लामा बसेर दु:ख गर्ने,संगठन बनाउने व्यक्ति र जनताले रुचाएको नेतालाइ टिकट दिनको सट्टा नेताहरुले आसेपासे र चाकरी गर्नेहरुलाई रोज्ने प्रवृत्तिले काङ्ग्रेसप्रति कार्यकर्ता र जनता दुबैलाई निराश बनाएको उनको भनाइ थियो।